Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री पुनलाई लिङ्देनको सुझाव - विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले बजेटमार्फत विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिए ।

विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको लिङ्देनको भनाइ छ ।

राजस्व वृद्धि गर्नका लागि भनेर विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको उनको भनाइ थियो ।

बजेटमार्फत अर्थमन्त्री पुनले विवादास्पद काम नगरेको अध्यक्ष लिङ्देनको भनाइ छ।

बजेट नगिजोलिएको पनि उनको भनाइ थियो । सबैको चित्त बुझाउने र कार्यकर्ताको चित्त बुझाउन केही बजेट छुट्याइएको उनले बताए ।

बजेटमा धेरै टिप्पणी गर्ने ठाउँ नभएको उनको भनाइ थियो । बजेटले देश सुधारतर्फ गयो भन्ने आशा जगाउने काम गर्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077