Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • अर्थमन्त्री पुनलाई लिङ्देनको सुझाव – विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिनुस्

    अर्थमन्त्री पुनलाई लिङ्देनको सुझाव – विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिनुस्

    अनलाइन नेपाल
  • मंगलबार, २२ जेष्ठ २०८१
  • 495
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।



    अध्यक्ष लिङ्देनले बजेटमार्फत विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिए ।



    विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको लिङ्देनको भनाइ छ ।

    राजस्व वृद्धि गर्नका लागि भनेर विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको उनको भनाइ थियो ।

    बजेटमार्फत अर्थमन्त्री पुनले विवादास्पद काम नगरेको अध्यक्ष लिङ्देनको भनाइ छ।

    बजेट नगिजोलिएको पनि उनको भनाइ थियो । सबैको चित्त बुझाउने र कार्यकर्ताको चित्त बुझाउन केही बजेट छुट्याइएको उनले बताए ।

    बजेटमा धेरै टिप्पणी गर्ने ठाउँ नभएको उनको भनाइ थियो । बजेटले देश सुधारतर्फ गयो भन्ने आशा जगाउने काम गर्न नसक्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार