Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद पुनर्गठनको तयारी, पर्यटनमन्त्री बन्दै रञ्जिता

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले आफू मन्त्री बन्ने तयारीमा रहेको बताएकी छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद पुनर्गठन तयारी गरेका बोला अध्यक्ष श्रेष्ठले यस्तो बताएकी हुन् ।

गत जेठ ७ गते प्रधानमन्त्रीलाई विश्वास मत दिएको नाउपालाई सरकारमा सहभागी गराउने तयारी भएको हो।

प्रधानमन्त्री प्रचण्डले आफुलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको अध्यक्ष श्रेष्ठले बताईन् ।

नाउपाकी अध्यक्ष श्रेष्ठलाई सरकारमा सहभागी गराउने प्रधानमन्त्री प्रचण्डले तयारी गरे पनि कहिले मन्त्री नियुक्त गर्ने भन्ने निश्चित भइनसकेको स्रोतले बतायो ।

नाउपा अध्यक्ष श्रेष्ठले पनि आफू मन्त्री बन्ने तयारीमा रहेको बताएकी छन्। नाउपाबाट प्रतिनिधि सभामा चार जना सांसद छन्।

यसअघि दाहाल नेतृत्वकै सरकारमा श्रेष्ठ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077