एजेन्सी । जापानको इशिकावा प्रिफेक्चरमा शक्तिशाली भूकम्प गएको छ ।
सोमबार बिहान जमिनबाट १० किलोमिटर भित्र केन्द्रबिन्दु बनाई ५.९ रेक्टर स्केलको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
भूकम्पबाट तत्काल क्षतिको विवरण आएको छैन भने सुनामीको चेतावनी पनि जारी नगरिएको बताइएको छ ।
यसअघि अप्रिल १ मा पनि जापानमा ६।१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Leave a Reply