Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • कर्मचारीतर्फ राइफल ताक्ने बेलायती राजदूत बर्खास्त

    कर्मचारीतर्फ राइफल ताक्ने बेलायती राजदूत बर्खास्त

    अनलाइन नेपाल
  • शनिबार, १९ जेष्ठ २०८१
  • 564
    SHARES

    एजेन्सी । ठट्टा गरेर कर्मचारीहरुतर्फ राइफल ताक्ने एक बेलायती राजदूत बर्खास्त भएका छन् ।

    मेक्सिकोको लागि राजदूत भएका बेलायती कूटनीतिज्ञ जोन बेन्जामिन बर्खास्त भएका हुन् ।



    गत अप्रिलमा भएको घटना सामाजिक सञ्जालमा धेरै भाइरल भएको थियो । बेन्जामिन करियर डिप्लोम्याट हुन् ।



    उनको उत्तरी मेक्सिकोको प्रान्त दुराङ्गोको यात्राका क्रममा उक्त भिडियो खिचिएको बताइएको छ ।

    बेलायत सरकारले उनलाई बर्खास्त गरेको सार्वजनिक गरेको छैन।

    तर सरकारी वेबसाइटमा उनी सन् २०२१ देखि २०२४ सम्म मेक्सिकोको राजदूत थिए भनेर लेखेपछि यो कुरा सतहमा आएको हो ।

    मेक्सिकोको राजदूत हुनुअगाडि उनले चिली, घाना, टर्किए, इण्डोनेसिया र अमेरिकामा काम गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार