काठमाडौं । सरकारले नेपाल विशेष सेवा २० औं संशोधन नियमावली २०८१ मा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
बैठकले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
जर्मनीमा सञ्चालन हुने यूएन क्लाइमेट कन्फ्रेन्सअन्तर्गत एक्सपर्ट डाइलग अन माउन्टेन एण्ड क्लाइमेट चेन्ज कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. अरनिको पाँडेलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णयसमेत भएको छ ।
त्यस्तै हतियार सम्बन्धमा इजाजतपत्र प्राप्त गरेका तर यात्रा अनुमति प्राप्त नगरेका हातहतियाहरू इजाजत बाहकले घर बाहिर लैजान नपाउने निर्णय पनि गरेको छ। यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेध गरेको छ।
यस बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ ३१ गते स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिने र सोपछि जर्मनी भ्रमण गर्ने कार्यक्रम स्वीकृत गरेको छ।