Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियाबाट जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

बर्दिया । प्रहरीले जबरजस्ती करणी उद्योगमा फरार रहेका एक अभियुक्तलाई बर्दियाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ४१ वर्षिय कालीराम थारु रहेका छन् ।

जिल्ला अदालतले ०८० साल मंसिर १२ गतेको फैसला आदेशले उक्त मुद्दाको कसुरमा २ वर्ष ५ महिना ५ दिन कैद र १ लाख ३५ हजार जरिवानासहित सजाय तोकेको थियो ।

तर थारु भने फरार थिए ।

सोही वडाको वनबीर गाउँमा लुकीछिपी हिँडिरहेको अवस्थामा सुर्यपटुवास्थित खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077