Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • बर्दियाबाट जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

    बर्दियाबाट जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १८ जेष्ठ २०८१
  • 390
    SHARES

    फाइल तस्विर

    बर्दिया । प्रहरीले जबरजस्ती करणी उद्योगमा फरार रहेका एक अभियुक्तलाई बर्दियाबाट पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ४१ वर्षिय कालीराम थारु रहेका छन् ।



    जिल्ला अदालतले ०८० साल मंसिर १२ गतेको फैसला आदेशले उक्त मुद्दाको कसुरमा २ वर्ष ५ महिना ५ दिन कैद र १ लाख ३५ हजार जरिवानासहित सजाय तोकेको थियो ।



    तर थारु भने फरार थिए ।

    सोही वडाको वनबीर गाउँमा लुकीछिपी हिँडिरहेको अवस्थामा सुर्यपटुवास्थित खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार