Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गीतसङ्गीत क्षेत्रका विकृति रोक्नका लागि सहयोग गर्न मन्त्रालय तयार छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लोक तथा दोहोरी गीतका क्षेत्रमा बढेको विकृति रोक्न समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

गृह मन्त्रालयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आज ज्ञापनपत्र बुझ्दै उनले जे गरे पनि हुन्छ भन्ने मनोवृत्तिको मारमा गीतसङ्गीत क्षेत्र पनि परेको भन्दै मौलिक पक्षको जगेर्नाका लागि सरकारसहित सरोकारवाला सबैबीच सहकार्य आवश्यक रहेको औँल्याए ।

गृहमन्त्री लामिछानेले भने, “ग्ल्यामर र भल्गरबीच फरक छुट्याउन आवश्यक छ । स्वतन्त्रतामा पनि अनुशासन आवश्यक हुन्छ भन्ने कुरा समाजले भुल्दै जाँदा विकृति बढेका छन् । कलालाई सर्जकले आफू अनुकूल व्याख्या गर्ने र अरुले आफ्नोभन्दा फरक व्याख्या गर्दा कला नै नबुझेको अर्थ लगाउने प्रवृत्तिले पनि समस्या निम्त्याएको छ । समस्या समाधानका लागि कलाको पनि मानक र मापदण्ड बनाउन आवश्यक छ ।”

मापदण्डमा जाँदा अभिव्यक्ति स्वतन्त्रतामै अंकुश लगाउन खोजेको चर्चा हुनेतर्फ पनि ध्यान दिनुपर्ने भन्दै उनले नियन्त्रण र नियमनबीचको अन्तर पनि बुझ्नुपर्नेमा जोड दिए ।

ज्ञापनपत्र बुझाउन पुगेका कलाकारले लोक तथा दोहोरी गीत पछिल्लो समय अत्यन्तै अभद्र, असभ्य एवं सामाजिक सहिष्णुतालाई खलल पु¥याउने खालको हुँदै गएको तथा दोहोरी, र्‍याप, ब्याटलका नाममा मौलिकता नष्ट गर्न थालिएको, दोहोरी साँझमा नेपाली मौलिक गीतलाई प्राथमिकता दिन छाडिएको, मेला महोत्सवमा उच्शृङ्खल र अमर्यादित गीतसङ्गीतको दबदबा बढ्न थालेको भन्दै नियन्त्रणमा सहयोग गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077