काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान गठबन्धन तलमाथि नहुने बताएका छन् ।
बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नेता खनालले यस्तो बताएका हुन् ।
नेता खनाल प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज विहानै बालुवाटार पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच झन्डै आधा घन्टा कुराकानी भएको थियो।
नेता खनालले विपक्षीहरू गठबन्धन भत्काउन कस्सिएर लागेको बताए । उनले वामपन्थीहरूका बीचको सहकार्यलाई अझ कसिलो बनाएर लैजाने पनि बताए ।
अहिलेको समीकरणमा कुनै समस्या नरहेको पनि खनालले बताए।
यद्यपि बुधबार अध्यक्ष माधवकुमार नेपाल बूढानीलकण्ठ गएको दृश्यचाहिँ आफूलाई नमीठो लागेको खनालको भनाइ छ।