Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

    काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ जेष्ठ २०८१
  • 2.6K
    SHARES

    काठमाडौं । काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा कार दुर्घटनामा हुँदा उनीहरुको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार कारमा दुई महिला, दुई पुरूष र एक बालिका सवार थिए । उनीहरुमध्ये बालिका र दुई पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ । तर उनीहरुको पहिचान खुल्न बाँकी छ ।



    उनीहरूको उपचारका लागि अस्पताल लगिएको थियो । दुई महिलालाई सरकारी अस्पताल लगिएको छ ।

    काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको थियो । मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार