Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट हेटौंडा जाँदै गरेको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बुधबार अपराह्न साढे चार बजे मकवानपुरको भिमफेदी गाउँपालिका, जुरीखेतस्थित भिमफेदी कुलेखानी सडक खण्डमा कार दुर्घटनामा हुँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार कारमा दुई महिला, दुई पुरूष र एक बालिका सवार थिए । उनीहरुमध्ये बालिका र दुई पुरूषको मृत्यु भएको प्रहरीले जनाएको छ । तर उनीहरुको पहिचान खुल्न बाँकी छ ।

उनीहरूको उपचारका लागि अस्पताल लगिएको थियो । दुई महिलालाई सरकारी अस्पताल लगिएको छ ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको थियो । मृतकहरूको शव हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077