Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सञ्चारको १ अर्ब बजेट कटौती, फेसबुकमा विज्ञापन नियमन गरिने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट अनुमान प्रस्तुत गर्दा सञ्चार तथा सूचना-प्रविधि मन्त्रालयलाई ७ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरेका निर्वतमान अर्थमन्त्री डा. प्रकाशशरण महतले सञ्चार तथा सूचना-प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड विनियोजन गरेका थिए । वर्तमान अर्थमन्त्री पुनले भने १ अर्ब रुपैयाँभन्दा बढी कटौती गर्दै बजेट छुट्याएका हुन्‌ ।

सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम दिने नयाँ कार्यक्रम पनि पुनले ल्याएको बजेटमा समावेश छ ।

आगामी बजेटमा सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम र एक्स – हालको टुइटर लगायत) मा गरिने विज्ञापनलाई नियमन गर्ने समेत लक्ष्य राखिएको छ ।

‘सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाइनेछ’, पुनले प्रस्तुत गरेको बजेटमा लेखिएको छ, ‘डिजिटल प्लेटफर्म मार्फत गरिने विज्ञापन नियमन गरिने छ । विज्ञापन क्षेत्रलाई एकद्वार प्रणालीमार्फत्‌ व्यवस्थित गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077