Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय छानबिन समिति गठनको सहमति संसदबाट पारित हुन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमाथि छानबिन गर्न आजै संसदीय समिति गठन हुने बताएका छन्।

मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।

संसदीय दल बैठकमा कांग्रेसले आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरूलाई संसदीय छानबिन समिति गठन हुने ब्रिफिङ गरेको थियो ।

प्रमुख सचेतक लेखकले भने,‘संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ। आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा छानबिन समितिको कार्यादेशसहितको सहमति बैठकबाट पारित हुने गरी प्रस्तुत हुन्छ। हामी हाम्रो तर्फबाट समितिमा बस्ने सांसदको नाम आज अपराह्न ३ बजेसम्म संसद सचिवालयलाई दिइसक्छौं।’

सात सदस्यीय छानबिन समिति गठन गर्ने दलहरूबीच सहमति छ। जसमा कांग्रेसका २, एमालेका २, माओवादीका १, रास्वपाका १ र राप्रपाका १ जना सांसद रहने भनिएको छ।

सोमबार साँझ बालुवाटारमा सत्ता पक्ष र कांग्रेसबिच संसदीय छानबिन समितिको कार्यादेशबारे सहमति जुटेपछि आज ७ सदस्यीय छानबिन समिति गठन हुन लागेको छ ।

कांग्रेसले आजै दिउँसो ३ बजे संसदीय समितिमा बस्ने सदस्यको नाम टुङ्गो लगाउने प्रमुख सचेतक लेखकले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077