Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते विश्वासको मत लिने भएका छन् ।

२३ गते बस्ने प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत गर्ने उनले जानकारी दिएका छन् ।

ुमैले अहिलेसम्म इमानदारी र निष्पक्ष रूपमा काम गर्दै आएको छु । जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते आफूले विश्वासको मत लिने दिन तय भएको प्रस्ताव रहेको छ,ु उनले भने ।

जनकपुरमा आज पत्रकारहरूसँगको कुराकानी मुख्यमन्त्री यादवले कानूनअनुसार नै सरकारले स्थानीय तहलाई ससर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने जानकारी दिए ।

मुख्यमन्त्री यादवले पालिकाहरूले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानूनअनुसार नै पैसा पठाइने बताए ।

ुससर्त सबै पालिका प्रमुखले सोधिरहनु भएको छ । प्रदेश सरकारको काम कर्तव्यअनुसार हामीले काम गरिरहेका छौं,ु उनले भने । उनले आफू अल्पमतको मुख्यमन्त्री नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077