Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • एमाले अध्यक्ष ओलीविरूद्धको आरोपमा कांग्रेसले माफी माग्नुपर्छ : विष्णु पौडेल

    एमाले अध्यक्ष ओलीविरूद्धको आरोपमा कांग्रेसले माफी माग्नुपर्छ : विष्णु पौडेल

    अनलाइन नेपाल
  • सोमबार, १४ जेष्ठ २०८१
  • 594
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसले अनावश्यक आरोप लगाएको भन्दै सार्वजनिक माफी माग्नुपर्ने बताएका छन् ।

    प्रधानमन्त्रीसँगको छलफलपछि एमाले उपाध्यक्ष पौडेलले कांग्रेसले लगाएको आरोपको लिखित र सार्वजनिक माफी नमागे पार्टी आरोपहरू सुनेर नबस्ने चेतावनी दिएका हुन् ।



    उनले नेपाली कांग्रेसले नेकपा एमाले र एमालेका अध्यक्ष शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर अराजनीतिक र पूर्वाग्रही आरोप लगाइरहेको बताए।



    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–इस्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए ।

    उपाध्यक्ष पौडेलले भने, ‘कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपर्दछ । सार्वजनिक रुपमा माफी माग्नुपर्दछ ।’

    उपाध्यक्ष पौडेलले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन कांग्रेस तयार नरहेको आरोप लगाए । उनले नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा, समस्या समाधानको पक्षमा नरहेको बताए ।

    सान्दर्भिक, अनुचित, आधारहीन, पूर्वाग्रहपूर्ण आरोपहरू लगाउँदै राष्ट्रिय राजनीतिक परिस्थितिलाई बिथोल्ने काममा नेपाली कांग्रेस लागेको उपाध्यक्ष पौडेलको भनाई छ ।

    कांग्रेस नेताहरुलाई उपाध्यक्ष पौडेलले ‘सहकारी प्रकरणमा आन्दोलन गर्ने अनि एमाले र एमालेका अध्यक्षविरुद्ध बोल्ने ? कांग्रेसले चाहेको के हो ?’ भन्दै प्रश्न गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार