Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको ११ करोडको ट्रयाक सुट खरिदमा अनियमितताको आशंका, महालेखाले उठायो प्रश्न

काठमाडौं । नेपाल प्रहरी कर्मचारीको ट्रयाक सुट खरिद प्रक्रिया नियमसम्मत नदेखिएको पाइएको छ ।

महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा सो कुरा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयले ०७९ मंसिर १५ गते सम्झौता गरेर किनेको ११ करोड २९ लाख ५४ हजार रुपैयाँबराबरको ट्रयाक सुट खरिद नियमसम्मत नभएको महालेखाको ठहर छ ।

ट्रयाक सुट दरबन्दीको विवरणबिना खरिद गरिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यसरी खरिद गर्दा नियमावली संशोधन गर्नुपर्नेमा नगरी खरिद गरिएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077