Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओलीका कारण गृहमन्त्री लामिछानेमाथि छानबिन हुन सकेन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन नसकेको आरोप लगाएका छन् ।

कांग्रेसले सरकारविरुद्ध गरेको प्रदर्शनका क्रममा बोल्दै महामन्त्री शर्माले यस्तो आरोप लगाएका हुन् । उनले ओली कै कारण संसदीय छानबिन समिति बन्न नसकेको दाबी गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीबिना वर्तमान सरकारसँग बहुमत नपुग्ने भएका कारण ओली छानबिनका लागि तयार नभएको महामन्त्री शर्माको भनाइ छ । सरकार टिकाउनका लागि ओली छानबिनका लागि तयार नभएको उनको आरोप छ ।

गृहमन्त्री लामिछाने दण्डित हुने अवस्थामा रास्वपाले सरकार छाड्ने भएकाले त्यस खालको संसदीय छानबिन समिति गठनका लागि ओली तयार नभएको महामन्त्री शर्माले आरोप लगाए ।

सहकारी ठगीमा संलग्नलाई जोगाएर एमालेलाई ओलीले बदनाम गराउन लागिरहेको महामन्त्री शर्माले आरोप लगाए ।

सहकारीको रकम अपचलनमा लामिछाने र राप्रपा सांसद गीता बस्नेतको उस्तै प्रकृतिको संलग्नता रहेको र सांसद बस्नेतमाथि मुद्दा चलाइएको महामन्त्री शर्माले बताए ।

तर सोही प्रकृतिको घटनामा गृहमन्त्रीमाथि संसदीय छानबिनका लागि पनि सत्तारुढ दल तयार नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077