Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता छ : विश्वप्रकाश शर्मा

    सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता छ : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • आइतबार, १३ जेष्ठ २०८१
  • 690
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गरेका छन् ।

    काठमाडौंको प्रदर्शनीमार्गमा विरोध सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।



    महामन्त्री शर्माले सहकारी प्रकरणमा सरकार असंवेदन बन्ने र संसद्‌मा बलजफ्ती गरेपछि प्रमुख प्रतिपक्षी सडकमा आउनुपरेको बताए।



    महामन्त्री शर्माले भने,‘संसद्‌मा सरकारको भूमिका बलजफ्ती भयो । विश्वासको मत लिन प्रधानमन्त्रीले पाउनुहुन्छ । तर विश्वासको मत लिनका लागि उहाँहरूले कस्तो रवैया अपनाउनुभयो । यो छर्लङ्ग छ। सहकारीको अरबौं रुपैयाँ अपचलनमा गृहमन्त्रीको संलग्नता छ छानबिन गरौं भनेर हामीले आग्रह गर्दै आयौं तर हामीलाई पेल्ने नीति लिइयो ।’

    उनले जनताको पैसामाथि बेइमानी गर्नेहरू कांग्रेसका लागि स्वीकार्य नभएको बताए ।

    सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको माग राखेर सदन अवरोध गरिरहेको कांग्रेस आइतबारदेखि सडकमा उत्रिएको छ ।

    गत फागुनमा गठबन्धन फेरिएर सहकारी ठगीमा मुछिएका लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार