Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७० ग्राम सुनसहित मैया पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन् ।

बुढाथोकीलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकीको साथबाट भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी बरामद भएको प्रहरीले जनाएको छ।

बुढाथोकीलाई थप कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077