Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा एक जनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक पहिरो खसेर डोजर चालकको मृत्यु भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको थियो ।

मृतकको पहिचान हुन बाँकी रहेको चितवन प्रहरीले जनाएको छ ।

आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो ।

पहिरोले मेसिनमा पनि क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077