Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१९ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर नभए सेवाबाट हटाइने

काठमाडैं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत १९ जना सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबार सूचना जारी गरी कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो ।

कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077