Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी ठगीमा संसदीय समितिको टीओआर टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारीको रकम अपचलनबारे गठन हुने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे छलफल गर्न आज बैठक बस्दै छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको बैठकमा सहमतिको विन्दुमा पुग्ने प्रस्ताव लिएर आउन सत्तापक्षलाई आग्रह गरेको छ ।

सत्तापक्षले गृहमन्त्री रवि लामिछानेको नामै तोकेर संसदीय समिति गठन हुन नसक्ने बताउँदै आएको छ ।

कांग्रेसले लामिछानेको नामै तोकेर छानबिन हुनुपर्ने अडान लिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077