काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक कार्यसम्पादन समितिको सदस्यमा मनोनीत भएका छन् ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाको प्रस्तावमा उनलाई कार्यसम्पादन समितिमा मनोनीत गर्ने निर्णय भएको हो ।
‘नेपाली कांग्रेसका सभापतिले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २३ (२) बमोजिम नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनयन गर्न गर्नु भएको प्रस्ताव अनुमोदन गरिएको छ’, कांग्रेसले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लेखकको बढुवासँगै केन्द्रीय कार्यसम्पादन समितिमा ३७ जनाको प्रतिनिधित्व पुगेको छ।