Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद बैठकमा गृहमन्त्री लामिछाने असभ्य र हिंस्रक ढंगले प्रस्तुत भए : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको तथ्य प्रष्ट देखिएको दाबी गरेका छन् ।

संघीय संसद भवनको ल्होत्से हलमा सोमबार बिहान बसेको संसदीय दल बैठकपछि बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् ।

उनले सहकारी ठगी, दुरूपयोग र हिनामिनामा गृहमन्त्री लामिछाने संलग्न रहेकोले संसदीय छानबिन समिति गठन गर्ने माग कायमै रहेको बताए ।

हिजोको संसद बैठकमा गृहमन्त्री लामिछाने हिंस्रक रुपमा प्रस्तुत भएको पनि सचेतक लेखकको भनाई छ ।

संसद बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको प्रमुख सचेतक लेखकले आरोप लगाए ।

अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको उनको भनाई छ ।

सचेतक लेखकले कांग्रेस र नेतालाई लक्षित गरी लगाइएका आरोपमा छानबिन गरेर प्रमाणित गर्न चुनौतीसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077