Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • एमाले बाजुराको अध्यक्षमा ओली

    एमाले बाजुराको अध्यक्षमा ओली

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 516
    SHARES

    बाजुरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको अध्यक्षमा लालबहादुर ओली निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि भएको मतदान ओलीले २१८ मत प्राप्त गर्दा प्रत्यासी भरतबहादुर थापाले २०३ मत पाए ।

    उपाध्यक्षमा निर्वाचित जनककुमार बोहराले २७४ मत प्राप्त गर्दा प्रत्यासी मेघराज शाहीले १२० मत पाए । सचिवमा विजयी काशीबहादुर विकले २४१ पाउँदा प्रत्यासी जनक विष्टले १७१ मत पाए ।



    उपसचिव (खुला) मा विजयी हरिबहादुर रोकायाले २७७ प्राप्त गर्दा प्रत्यासी मानबहादुर रोकायाले ११५ मत तथा उपसचिव (महिला) मा विजयी राजकला सार्कीले २७७ मत पाउँदा प्रत्यासी कल्पना महतले १२६ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत तुलाबहादुर थापाले जानकारी दिएका छन् ।



    यही जेठ १ गतेबाट सुरु भएको आठौँ अधिवेशनमा ४३९ जना प्रतिनिधि थिए । जसमा ४२५ मत खसेको थियो । पदाधिकारीको मतगणना सकिएपछि जिल्ला कमिटी सदस्यको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार