Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वैदेशिक रोजगारीको दस महिना, सिप सिकेर जाने बढे

काठमाडौँ । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । विसं २०८० वैशाखको तुलनामा २०८१ को वैशाखमा सिप सिकेर, दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार गत वैशाखमा दक्ष भएर जानेको सङ्ख्या ६९ प्रतिशत रहेकोमा गएको वैशाख ७४ प्रतिशत पुगेको छ ।

गएको वैशाख महिनामा ७० हजार ६३७ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५२ हजार १७७ जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् ।

गत वैशाख महिनामा ५४ हजार ४५७ जनाले श्रम स्वीकृति लिएर गएकोमा ३७ हजार ९९१ जना दक्ष भएर गएको विभागले जनाएको छ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077