Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुर आगलागी : दुई छोरी र श्रीमती गुमाएका सञ्जयको पनि मृत्यु

ललितपुर । ललितपुर महानगरपालिका-१७ स्थित एक टहरोमा भएको आगलागीमा परी एकै परिवारका मृत्यु हुनेको संख्या चार पुगेको छ।

मोबिल भण्डारण गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा घाइते भएका सञ्जय गिरीको पनि मृत्यु भएको हो ।

योसँगै सो आगलागीमा परी उनको परिवारका ४ जनाको ज्यान गएको छ सञ्जयकी श्रीमती रूपाको पनि उपचारका क्रममा वैशाख ३१ गते किष्ट अस्पतालमै मृत्यु भएको थियो।

उनीहरूका दुई जना छोरीहरू ८ वर्षीया अलिसा र ४ वर्षीया प्रियाको पनि उपचारकै क्रममा वैशाख २४ गते मृत्यु भएको थियो।

भतिज नाता पर्ने नित गिरी भने सामान्य घाइते छन् । उनको पनि किष्ट अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । मोबिल खन्याइरहँदा लाइटर बालेपछि आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077