Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामीले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छैनौं : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा नमागेको बताएका छन्।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

आफूहरुले गृहमन्त्रीलाई सदनमा बोल्दै नदिएको भन्ने कुरामा पनि सत्यता नभएको नेता कोइरालाले बताए।

नेता कोइरालाले भने, ‘हामीले बोल्न नदिएको होइन रवीजीलाई, बोल्नुस् भनेको हौं। तर, तपाईंले बोल्ने तपाईंको कुरामा चित्त बुझे हामी बस्छौं होइन भने तपाईंले बोलेको कुरामा खण्डन गर्छौँ भन्दा स्वीकार्य भएन।'

नेता कोइरालाले राजीनामा भने आफुहरुले नमाग्ने र गृहमन्त्रालयमा बस्न नदिने बताए । उनले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोप होइन भन्ने पुष्टि गर्नकै लागि भएपनि समिति बनाउन तयार हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077