Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देशमा भोलि के हुन्छ कसैले भन्न सक्ने अवस्था छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको राजनीतिक अवस्थामा अस्थिर हुँदै गएको बताएका छन् ।

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

नेता कोइरालाले देशको राजनीतिक अवस्थामा अस्थिर हुँदै गएकाले भोलि के हुन्छ भन्न सक्ने अवस्था नरहेको बताए।

नेता कोइरालाले भने, 'राजनीतिक अस्थिर भइरहेको छ, भोलि के हुन्छ भन्ने कसैले भन्न सक्ने अवस्था छैन। राजनीतिक दलहरुमा को प्रधानमन्त्री हुने भन्नेमै सीमित भइरहेको छ, के को लागि प्रधानमन्त्री बन्ने ? गर्ने के ?प्रचण्डजीलाई सोधे पनि भन्नसक्ने अवस्था छैन।  अझै यही तरिकाले अगाडि बढे तीनचार वटा सरकार फेरिन्छ। '

उनले यही ढंगबाट अघि बढे अझै तीनचार वटा प्रधानमन्त्री फेरिनसक्ने दाबी गरे। उनले देशको स्थायित्वका लागि निर्वाचन प्रणाली बाधक भएको बताए।

अब देशका दुई ठूला दल एकठाउँमा उभिनुपर्ने नेता कोइरालाको भनाइ छ । उनले देश निरंकुतारित जान्छ कि भन्ने डर रहेको समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077