Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समिति गठन गरेर गृहमन्त्रीलाई बोल्न दिनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई प्रतिनिधिसभामा बोल्न दिनुपर्ने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलको बैठकपछि बोल्दै शाहीले यस्तो बताएका हुन् । गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्दा आफूहरू छानबिन समितिको मागबाट पछि नहटेको पनि प्रमुख सचेतक शाहीले बताए ।

प्रमुख सचेतक शाहीले भने,‘छानबिन समिति बन्ने र गृहमन्त्रीलाई बोल्न दिनुपर्छ भन्ने राप्रपाको माग छ । बोल्ने कुरामा चाहिं प्रतिबन्ध गर्नु हुँदैन।’

समग्र देशका सहकारीबाट पीडित भएकाहरूलाई न्याय दिइनुपर्ने उनको भनाइ छ ।

गरिबको पैसा अनियमितता गरेका कोही अर्बपति, करोडपति बनेको र त्यसमध्ये कोही देश बाहिर जाने अवस्था रहेको भन्दै प्रमुख सचेतक शाहीले छानबिन समिति बन्नैपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077