Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सत्तापक्ष र प्रतिपक्ष संसद्मै नोकझोक

    सत्तापक्ष र प्रतिपक्ष संसद्मै नोकझोक

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 678
    SHARES

    काठमाडौँ । अवरोधबिच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बढेको विवादमा संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले आमनेसामने भएका छन् ।

    विवादबिच कार्यसूचीमा प्रवेश गरेको प्रतिनिधि सभामा सांसदहरू एकअर्काप्रति अभद्र व्यवहारमै उत्रिएका छन् । सङ्घीय संसद्को अवधिमा अवरोध र आरोप प्रत्यारोप भइरहे पनि सत्तापक्ष प्रतिपक्ष रोस्ट्रमअगाडि पुगेको यो पहिलो घटना हो । १० वर्षपछि प्रतिनिधि सभामा झन्डै पुरानो दृश्य दोहोरिएको हो ।



    बिहीबार बैठक प्रारम्भसँगै कांग्रेस सांसद रोस्ट्रमअघि पुगेर नाराबाजी सुरु गरेका थिए । सहमतिका लागि दिनभरको प्रयास असफल भएपछि अपराह्न ४ बजे बैठक बोलाइएको थियो । उक्त बैठक पनि करिब दुई घण्टा ढिला सुरु भएको थियो ।



    अवरोधबिच सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट खाद्य स्वच्छतासम्बन्धी विधेयक प्रमाणीकरणको जानकारी गराएका थिए । साथै मन्त्रीपरिषद् हेरफेरको जानकारी पनि सभालाई दिएका थिए ।

    दुई कार्यसूचीपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएसँगै नोकझोक बढेको थियो । मन्त्री लामिछाने आफ्नो स्थानबाट उठेसँगै कांग्रेस सांसद थप आक्रोशित भएर नाराबाजी गरेका थिए ।

    तत्कालै नेकपा एमाले का सांसद पनि उठेका थिए । नाराबाजीकैबिच बोल्ने समय पाउनुभएका गृहमन्त्री लामिछानेलाई रोस्ट्रममा जान सहजीकरणका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, उपसभामुख इन्दिरा रानामगर, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलालगायतले इसारा गरेपछि कांग्रेस सांसद थप चिढिए ।

    ओलीकैअगाडि रहनुभएका कांग्रेस उपसभापति धनराज गुरुङले गरेको व्यवहारका कारण आक्रोश बढेको थियो । गोरखापत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार