Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सल्यानका नायब सुब्बा सिआइबीको हिरासतमा 

काठमाडौं । इलाका प्रशासन कार्यालय, थारमारे, सल्यानमा कार्यरत कम्प्युटर अपरेटर (नासु) गणेश भण्डारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार पक्राउ गरेको छ ।

नक्कली लाइसेन्सको छानविनमा उनी पक्राउ परेका हुन् । भण्डारी यसअघि यातायात कार्यालयमा रहँदा परीक्षा नै नदिई लाइसेन्स वितरणमा संलग्न रहेको खुलेपछि सिआइबीले पक्राउ गरेको हो ।

सोही घटनामा यातायात व्यवस्था विभागका कार्यरत कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई पनि पक्राउ गरेको छ ।

यातायात व्यवस्था विभागका १० पूर्वमहानिर्देशकमाथि पनि सिआइबीले छानविन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077