काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ ।
सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।
कांग्रेसको नाराबाजीको बीचमा सभामुख देवराज घिमिरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि धकेलाधकेलको अवस्था सिर्जना भयो ।
सदनमा कांग्रेस र एमालेका सांसदबीच धकेलाधकेलको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि कांग्रेस उपसभापति धनराज गुरुङले अभद्र व्यवहार गरे ।
ओली र गुरुङबीच चर्काचर्की परेपछि अन्य सांसदहरु पनि धकेलाकेलमा उत्रिएका हुन् ।
सांसदहरुबीच मुडभेडको स्थिती भएपछि सभामुख देवराज घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै नाराबाजी गर्दै वेल घेराउ गर्दै आइरहेको छ ।