Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लोकनाथ पौडेल र राजेन्द्र मिश्र सचिवमा बढुवा

काठमाडौं । मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा सहसचिव लोकनाथ पौडेललाई र प्राविधिकतर्फ राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम र प्राविधिकतर्फ कृषि तथा वन समूहमा रिक्त एक सचिव पदमा बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो ।

प्रशासनतर्फ सचिव बढुवाका लागि पहिलो नम्बरमा पौडेल दोस्रोमा गोविन्दबहादुर कार्की र तेस्रोमा महादेव पन्थको नाम सिफारिस भएको थियो ।

पौडेल बढुवा सिफारिस समितिबाट यस अघि दुई पटक सचिव बढुवाका लागि सिफारिस भइसकेका थिए ।

बढुवाका लागि सिफारिस भएका सहसचिव पौडेल मधेश प्रदेशमा कामु प्रमुख सचिवको जिम्मेवारीमा रहेका छन् । यस्तै कृषि तथा वन सेवातर्फ रिक्त रहेको एक सचिवमा राजेन्द्रप्रसाद मिश्र बढुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077