Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मदन र आश्रितलाई मारेर नदीमा फालिएको झलनाथ खनालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मदनकुमार भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औँ मदन—आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

नेता खनालले मदन भण्डारीको शव सग्लो हुनु, नदीमा खसेर मरेको व्यक्तिको फोक्सोमा पानी जमेको नहुनुले पनि भण्डारीलाई मारेर पछि नदीमा दुर्घटनाका रूपमा फालिएको दाबी गरे ।

उनले मदन-आश्रितको मृत्यु दुर्घटनाबाट नभई निर्ममतापूर्वक गरिएको हत्या भएको बताए । नेता खनालले दुवै नेताको षड्यन्त्रपूर्वक हत्या भएको भन्दै ३० वर्ष होस् की सय वर्ष हत्या हत्या नै हुने बताए ।

नेता खनालले मदन भण्डारी र जीवराज आश्रितले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको लागि सम्पूर्ण जीवन समर्पित गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077