Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले संसदलाई विघटनको स्थितिमा पुर्‍याउन खोज्दै छन् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्‍याउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार पार्टी निकट वुद्धिजीविहरुको संगठन प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ ९३०, धारा ७६ ९५० हुँदै प्रतिनिधिसभा विघटनसम्म पुर्‍याउन खोजेको बताए।

नेता कोइरालाले भने,‘एमाले ७६(३) धारा उपधारामा जान खोजिरहेको छ, प्रचण्डजीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ ३ मा गइसकेपछि (ओली) कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न। धारा ७६ (३) पछि ५ मा जान्छ, उहाँले संसद विघटन गरिकन दुई अढाइ वर्ष पहिले संसद विघटन गरेको पुष्टि गर्न उहाँ उद्धत हुनुहुन्छ, यसमा कुनै शंका गरिरहनुपर्दैन।’

अब कांग्रेसले यसलाई रोक्न लाग्नुपर्ने उनले बताए । नेता कोइरालाले संघीय सरकार र प्रदेश सरकारको धेरै कमजोर भएका कारण न्यायिक सक्रियता बढेको बताए ।

अति न्यायिक सक्रियता संविधानका लागि पनि घातक हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077