Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस नेता कोइरालाले भने - गृहमन्त्री लामिछानेलाई रोस्टममा आएर बोल्न दिन्छौँ

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गृहमन्त्री रवि लामिछानेले रोस्टममा आएर बोल्न पाउने बताएका छन्।

बसुन्धारामा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले लामिछानेको जवाफ चित्त नबुझे आफूहरुले बोल्ने बताए।

नेता कोइरालाले भने, 'गृहमन्त्रीले रोस्टममा आएर बोल्न पाउनुहुन्छ, बोल्नुस्, हामीलाई चित्त बुझे ठिक छ,चित्त बुझेन भने हामी बोल्छौं त्यसपछि। त्यसलाई न गृहमन्त्रीले स्वीकारेका छन् न एमालेले।’

उनले सहकारी ठगीमा गृहमन्त्री नै संलग्न भएको र पीडितले न्याय नपाउने भएकाले संसदीय छानबीन समितिको माग गरेको स्पष्ट पारे। नेता कोइरालाले कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको उल्लेख गरे।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने बताउँदै आएको छ।

त्यस्तै, नेता कोइरालाले संविधान संशोधन गरेर अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक बताए। संविधान संशोधन नगरेसम्म यो देश अगाडि बढ्न नसक्ने धारणा २र३ महिनादेखि भनिरहेको बताए।

उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीले नहुने भएकाले यहि प्रणालीलाई नै सुधार गरेर अगाडि बढ्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077