Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पञ्चेबाजा बजाएर समर्थकले गरे सन्दीपलाई स्वागत

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै समर्थकहरूले पञ्चेबाजा बजाउँदै सन्दीपको स्वागत गरेका छन् ।

आज फैसला आउने भएसँगै दिउँसोदेखि नै अदालत परिसरमा समर्थकको भीड लागेकोमा उनले सफाइ पाएसँगै समर्थकले उत्सव मनाएका हुन् ।

जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई निर्दोष ठहर गरेको हो। गौशाला २६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएकोमा उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपछि उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077