Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानको तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी टी-२० विश्वकप खेल्न अमेरिका पठाउने भएको छ ।

उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो ।

क्यानका पदाधिकारीहरुबीच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको स्रोतले बतायो ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

विश्वकपमा-२० टोलीले सहभागिता जनाउँदै छन् । आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077