काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएसँगै टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो।
बलात्कार मुद्दामा उच्चबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको छ ।
जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो।
उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।
यद्यपि नेपाली क्रिकेट टिम आधिकारिक रुपमा घोषणा भई अमेरिका पुगिसकेको छ ।
तर, यही २५ मेसम्म खेलाडी प्रतिस्थापन गर्न पाउने आईसीसीले समय दिएकाले क्यानले उनलाई अमेरिका पठाउने छ।
Leave a Reply