Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको मुद्दामा लम्बियो बहस

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दाको बहस लम्बिएको छ।

उच्च अदालत पाटनमा चलिरहेको बहस चिया समय अघि नै सक्ने भनिएपछि बहस लम्बिएका कारण केही धकेलिएको हो ।

जाहेरीवालाका तर्फबाट धेरै कानुन व्यवसायी भएका कारण उनीहरूको बहस लम्बिएको छ ।

जाहेरवालाका तर्फबाट मङ्गलवार आधा दिनदेखि बहस सुरु भएको थियो ।

सुरुमा सरकारी वकिलले ओपनिङ बहस गरेका थिए भने त्यसपछि सन्दीपको तर्फबाट बहस भएको थियो ।

सन्दीपका कानुन व्यवसायीपछि सरकारी वकिलहरूले जवाफी बहस गरेका थिए ।

सरकारी वकिलको बहससगै जाहेरवालाको तर्फबाट कानुन व्यवसायीले बहस थालेका थिए ।

मङ्गलवार अबेरसम्म उनीहरूमध्ये केहीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077