Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गिरीबन्धु जग्गा प्रकरणबारे नेविसंघको पश्न - गुड मर्निङ केपी बा, चिया खानुभो ?

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले सहकारीको बचत रकम अपचलन र गिरीबन्धु टी–इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ ।

नेविसंघका कार्यकर्ताहरुले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग गर्दै बुधबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘गुड मर्निङ केपी बा, चिया खानु भो ?, गृहमन्त्रीज्यू सहकारी ठग र गिरीबन्धु ठगलाई टुँडिखेलमा राखेर नाकको डाँडी भाँचिने गरी हान्नु है’ लेखिएका प्ले कार्ड प्रदर्शन गदै नाराबाजी गरेका छन् ।

नेविसंघले ‘दोषी ठहर हुनलाई पहिले छानबिन हुनुपर्ला नि !’ भन्दै प्रदर्शन गरेको छ । गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै ? भन्दै विद्यार्थीले गृहमन्त्री लामिछानेलाई प्रश्न गरेका छन् ।

कांग्रेस निकट महिला संघले हिजो प्रदर्शन गरेको थियो भने तरुण दलले आज दिउँसो विरोध प्रदर्शन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077