Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभाको बैठक जेठ ३ गतेसम्मका लागि स्थगित

    प्रतिनिधिसभाको बैठक जेठ ३ गतेसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 540
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आउँदो जेठ ३ गतेसम्मका लागि स्थगित भएको छ ।

    प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।



    सभामुख देवराज घिमिरेले कार्यसूचीअनुसार अगाडि बढेपछि कांग्रेस सांसदहरूले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए। उनीहरूले सहकारी ठगीलाई कारबाही गर, संसदीय छानबिन समिति बनाउ, जबर्जस्ती गर्न पाइँदैन भन्दै नाराबाजी गरे ।



    कांग्रेसको अवरोधका कारण राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रस्तुत हुन सकेन । कांग्रेसले सहकारी अपचलन प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुुसन्धान गर्नका लागि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न नदिने अडान राखिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार