Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 654
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन्।

    सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले ५७ मत पाएका हुन् ।



    कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ ।



    आजको बैठक प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बहिष्कार गरेको थियो ।

    ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले विश्वासको मत दिए ।

    राप्रपाका सांसदहरू तटस्थ बसेको बैठकमा नेपाली कांग्रेस अनुपस्थित रहेको थियो। प्रदेश सभामा ९३ मध्ये ६२ जना सांसद उपस्थित थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार