Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि कारवाही नभएसम्म पछि नहट्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेमाथि कारवाही नहुँदासम्म पछि नहट्ने बताएका छन् ।

सोमबार धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकपछि बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेमाथि कारवाही भएको सरकारको नीति तथा कार्यक्रम संसदमा पेश हुन नदिने बताए । प्र

मुख सचेतक लेखकले भने, ‘सहकारीका ठगलाई कारबाही नगर्दासम्म हामी पछाडि हट्दैनौँ । नीति तथा कार्यक्रमका विषयमा सरकारले जान्ने कुरा हो !’

उनले सहकारीबाट लाखौँ मान्छेलाई ठगी गर्नेलाई जोगाउन जुनसुकै पार्टी र नेता लागे पनि कांग्रेस पछि नहट्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077