Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मंगलवारसम्म संसद्को गतिरोध अन्त्य हुने प्रधानमन्त्री प्रचण्डको दाबी

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को गतिरोध केही दिनमै अन्त्य हुने प्रतिक्रिया दिएका छन् ।

आइतवार चितवनका पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग आफू संवादमै रहेको बताए ।

उनले भोलि बेलुका अथवा पर्सि बिहानसम्म संसद्को गतिरोध अन्त्य हुने दाबी गरे ।

नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएर आफूले राष्ट्रपतिलाई भेटेको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077