Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीमा व्यक्तिको लागि पद

काठमाडौं । नेपाल प्रहरीमा अत्यावश्यक कामका लागि दरबन्दी प्राप्त हुँदैन तर व्यक्ति विशेषका लागि दरबन्दी थप हुने गरेको छ । हालै डीआईजीको दुई विशेष दरबन्दी थपलाई यही रूपमा व्याख्या गरिएको छ ।

साइबर ब्यूरो र केनाईन महाशाखामा डीआईजीको विशेष दरबन्दी थप गरेर बढुवा गरिएको हो । साइबर ब्यूरोमा नवीन्द्र अर्याल तथा केनाइनमा देउती गुरुङलाई बढुवा गरिएको छ ।

साइबर अपराध बढेको अवस्थामा साइबर ब्यूरोमा विशेषज्ञ पद आवश्यक भए पनि केनाइन महाशाखामा आवश्यक नै नभएको प्रहरी अधिकारी बताउँछन् । गुरुङलाई जागिर लम्बाउन मात्र यसरी अनावश्यक दरबन्दी थपिएको उच्च प्रहरी अधिकारीहरू बताउँछन् ।

यसअघि केनाईनमा एसपीसम्मको दरबन्दी थियो । देउतीकै लागि एसएसपीको स्थायी दरबन्दी थप गरिएको थियो । अहिले कुकुर हेर्ने शाखामा डीआईजीको दरबन्दी राखिएको विषयलाई प्रहरीमा मजाकको रूपमा चर्चा हुने गरेको छ ।

प्रविधिमा आधारित अपराध बढेकाले प्रहरीको डिजिटल फरेन्सिक ल्याब, विधि विज्ञान प्रयोगशाला जस्ता निकायमा विशेषज्ञ कर्मचारीको अभाव भइरहेको छ ।

गृह र प्रहरी नेतृत्वले भने व्यक्ति विशेषको स्वार्थ हेरेर प्रहरीको कुकुर हेर्ने महाशाखामा दरबन्दी थपेर राज्य स्रोतको दुरुपयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077