Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हामीले राखेका मागमा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको छलफल सकारात्मक भएको बताएका छन् ।

सदनको गतिरोध खुलाउने विषयमा प्रधानमन्त्री प्रचण्डसँग भएको छलफलपछि बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताए।  नेता लेखकले भने, ‘हामीले हाम्रो पूर्व अडान राख्यौं, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077