Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय [सूचीसहित]

काठमाडौं । सरकारले इजरायल घटनामा निधन भएका ६ जना नेपालीको शव सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च भुक्तानी गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायल घटनामा मारिएका ६ नेपालीको शव विमानस्थलबाट सम्बन्धित ठाउँमा पठाउँदा लागेको २८ लाख ३६ हजार ८३४ रुपैयाँ भुक्तानी गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्त, सरुवा, मित्रराष्ट्रले दिने अनुदान स्वीकारलगायत २५ निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

गृह मन्त्रालयको प्रस्तावमा जम्मा लागेको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय भएको शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077