Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीनजना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन वरिष्ठ नायव निरीक्षकलाई प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।

बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, नर्सिङ्गतर्फ, प्यारामेडिक्सतर्फ र अन्यतर्फका वरिष्ठ सई सरिता केसी र सोनिम महत्तोलाई इन्स्पेक्टरमा बढुवा सिफारिस गरेको हो ।

उनीहरु दुवैजना नेपाल प्रहरी अस्पताल महाराजगंज प्राविधिक नर्सिङ विभागमा कार्यरत छन् ।

यस्तै प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फ, आवास तथा भौतिक ईन्जिनियरिङ्गतर्फ र सञ्चारतर्फका श्री भगवान प्रसाद कुशहवा पनि प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

उनी उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल फरेन्सिक युनिट प्राविधिक, टंगालमा कार्यरत छन् ।

बढुवा सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077