Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसका प्रमुख सचेतक लेखकले भने - एमालेसँग मिलेर सरकार बनाउने विषयमा छलफल भएको छैन

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल नभएको दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचेतक लेखकले यस्तो दाबी गरेका हुन् । उनले तत्काल एमालेसँग सरकार बनाउने कुरामा अहिलेसम्म पार्टीले कुनै छलफल नगरेको बताए ।

तर अहिले आम रूपमा ठुला दलहरू मिलेर सरकार बनाए हुन्थ्यो भन्ने धारणा आउन थालेको सचेतक लेखकको भनाई छ । साना साना दलहरू लिएर सरकार बनाउँदा सरकार अस्थिर भयो भन्ने धारणा जनमानसमा बढेको भन्दै एमाले र कांग्रेस मिलेर सरकार गठन गर्न सकिने बताए ।

अहिलेसम्म कांग्रेस एमालेको सरकार बनाउने विषयमा कुनै छलफल नभएको उनले बताए । सचेतक लेखकले अहिलेको सत्ता समीकरण भत्काउने पक्षमा नभएको बताउँदै राजनीतिक दलहरूसँग छलफल हुनु सामान्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077