Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको दाबी : घटना घटेको नभएर घटाइएको हो, निर्दोष छु

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएको दाबी गरेका छन् ।

बलात्कार मुद्दा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका लामिछानेले मंगलबार सामाजिक सञ्जालमा धारणा राख्दै यस्तो दाबी गरेका हुन् ।

उनले घटना घटको नभएर घटाइएको जिकिर गरे ।

उनी लेख्छन्, 'म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो । बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु । अन्तमा म निर्दोष छु र मेरो निर्दोशितामा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077